गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालय संचालनमा ल्यायो

गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालय संचालनमा ल्यायो


बैकिङ्ग समाचार।
गरिमा विकास बैंकले एकै पटक ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आश्विन १ गते काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

यस संगै बैंकको काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।