नबिल बैंकको चाडपर्ब योजना, मुद्दती खातामा बार्षिक ९% ब्याजदर

नबिल बैंकको चाडपर्ब योजना, मुद्दती खातामा बार्षिक ९% ब्याजदर


बैकिङ्ग समाचार ।
नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना शुरू गरेको छ ।

बैंकले कोभिड-१९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा रहेकाले यस कठिन समयमा सम्भव भएसम्म धेरै ग्राहकलाई खुशी पार्ने प्रयास गर्दै विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको जनाएको छ।

बैंकले १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९% ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५% ब्याजदर प्रदान गर्ने जनाएको छ । २ वर्ष भन्दा माथि र ५ वर्ष  सम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र ५ वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०%  ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

साथै, बैंकले ७.४९ % ब्याजदरमा घर कर्जा, ७.९९ % ब्याजदरमा धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट, एक करोड सम्मको साना तथा मझौला कर्जा ७.४९% तथा एक करोड भन्दा माथिको साना तथा मझौला कर्जा ७.९९%  ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने भएको छ।

यी योजानहरुले सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउने बैंकको विश्वास छ । बैंकले व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जन हुने र कर्जाकोे लागत समेत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकले आशा गरेको छ ।

हाल नबिल बैंकले ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।