एनआइसी एशिया र कन्टिनेन्टल ट्रेडिङ्गबीच बैंकलाई फाइनान्सिङ्ग पार्टनर बनाउनेबारे सम्झौता

एनआइसी एशिया र कन्टिनेन्टल ट्रेडिङ्गबीच बैंकलाई फाइनान्सिङ्ग पार्टनर बनाउनेबारे सम्झौता


बैकिङ्ग समाचार ।
एनआइसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे।

उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ।

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क लगायतमार्फत किया ब्राण्डका कारहरू किन्न सकिनेछ।

कन्टिनेन्टल ट्रेडिङबाट उक्त ब्राण्डका कार किन्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने कम्पनीले बताएको छ।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी किन्नेले लिनसक्ने बताइएको छ।

यस बैंकले चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ।

सो सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी किन्न सकिने व्यवस्था छ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्नेगरी समझदारी भएको छ।

यो सुविधा उक्त कम्पनीका देशभर रहेका सबै डिलरहरूबाट ग्राहकले लिनसक्ने समझदारीपत्रमा उल्लेख छ।

यससँगै सवारी धितो राखेमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ।

सो कर्जा पाएपछि पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका लागि बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्ने जनाइएको छ।

एक वर्षपछि बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरिएको छ।

यस बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।