स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त


बैकिङ्ग समाचार । 
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए ।

यस्तै सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन । उनीहरु दुवै जनालाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए ।

मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ ।