माछापुछ्रे बैंकको नयाँ ब्याजदर, कर्जा र निक्षेपमा ब्याजदर कति ?

माछापुछ्रे बैंकको नयाँ ब्याजदर, कर्जा र निक्षेपमा ब्याजदर कति ?


माछापुछ्रे बैंकको नयाँ ब्याजदर, कर्जा र निक्षेपमा ब्याजदर कति?
बैकिङ्ग समाचार । 

माछापुछ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले निक्षेपतर्फ मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म ब्याजर निर्धारण गरेको छ भने व्यक्तिगततर्फ ७.२५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले १४ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । साथै बैंकले स्यालरी स्किममा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।बैंकले कर्जाको ब्याजदरमा न्यूनतम १०.६९ प्रतिशतदेखि अधिकतम १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले होम लोन, अटो लोन, कमर्सियल भेहिकल लोन, मोर्टेज लोन, मार्टेज प्लस लोन, स्यालरी प्याकेज लोन, एमबीएल फ्रोफेसनल लोन, एजुकेसन लोनमा तोकिएको आधार दरमा थप बढीमा ५ प्रतिशतसम्म ब्याजदर लिन पाउने गरी निर्धारण गरेको छ । 
बैंकले हालको आधार दर ८.६९ प्रतिशत तोकेको छ ।