नेप्सेमा रातारात ३२ करोड कारोबार रकम कसरी बढ्यो ?

नेप्सेमा रातारात ३२ करोड कारोबार रकम कसरी बढ्यो ?


बैकिङ्ग समाचार । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार समय बन्द भएपछि पनि कारोबार रकम थपिएको देखिएको छ । मंगलबार कारोबार बन्द भएपछि कारोबार रकम ३२ करोडले बढेको देखिएपछि लगानीकर्ताले नेप्सेको कारोबार प्रणलिमाथि प्रश्न उठाएका छन् । 

मंगलबार शेयर कारोबार बन्द हुँदा नेप्सेको वेबसाइटमा १ अर्ब ७९ करोड ३७ लाख ७ सय ४३ रुपैयाँ बराबरको भएको देखाएको थियो । तर बुधबार बिहान कारोबार सुरु हुनुभन्दा अगाडि नेप्सेको वेबसाइटमा मंगलबार २ अर्ब ११ करोड ९९ लाख ३९ लाख ५ सय ५८ रुपैयाँको कारोबार भएको उल्लेख छ । अर्थात नेप्सेमा  ३२ करोड बढीको कारोबार रकम थपिएको उल्लेख छ । नेप्से सूचक त्यहि नै रहेपनि कारोबार रकम र कारोबार कित्ता मात्र बढेको वेबसाइटमा देखिएको हो ।

\"\"

कारोबार रकममा मात्रै नभएर कम्पनी, सेयर कारोबार भएको कित्ता समेत फरक देखिएको छ ।

स्रोतका अनुसार नेप्सेले पुरानो वेवसाइटलाई बन्द गर्न लागेकोले नयाँलाई मान्यता दिन लागेको छ । त्यैले पुरानोमा भन्दा पनि नयाँमा देखाएको तथ्याङकलाई आधार मान्नु पर्ने जनाएको छ ।

हिजो पुरानो वेवसाइटमा समस्या भएको र नयाँमा त्यो समस्या नभएको नेप्सेको भनाइ । नेप्सेका अनुसार पुरानो वेवसाइटलाई हटाउन लागेको र नयाँमा भएको सूचनालाई सबैले आधार मान्नुपर्ने बताएको छ ।

स्रोतका अनुसार मंगलबार एउटा र बुधबार बिहान कारोबार रकम कसरी परिवर्तन भयो त्यसको लिखित जवाफ पठाउन नेप्सेलाई बोर्डले निर्देशन दिएको छ ।

यता बुधबार पनि नेप्सेको पुरानो वेवसाइटमा भने समस्या नै देखिएको छ । पुरानो वेवसाइट र नयाँमा सबै तथ्याङक गलत रहेको पाइएको छ । नेप्सेले पुरानो र नयाँ दुईवटा वेवसाइट चलाएर लगानीकर्तालाई थप अन्योलता सिर्जना सृजना गरेको छ ।