सानिमा बैंकको नयाँ ब्याजदर असोज १ गतेदेखि लागु हुने

सानिमा बैंकको नयाँ ब्याजदर असोज १ गतेदेखि लागु हुने


बैकिङ्ग समाचार ।
सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ७ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले एक सूचना जारी गर्दै विभिन्न खातामा असोज १ गते बिहीबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको बचत खातामा न्युनतम ३ प्रतिशत र ऋधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ । 

यता बैंकले मुद्दति निक्षेपमा ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.७५ प्रतिशत व्याजदर तोकेको छ भने ६ महनादेखि १५ महिनासम्मका लागि ७.२५ प्रतिशत व्याजदर तोकेको छ । 

त्यस्तै १५ महिना भन्दा माथिमा लागि व्यक्तिगततर्फ ७.७७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले संस्थागततर्फ भने ३ महिनादेखि ५ महिनासम्मका लागि ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको आधार दर ८.०७ रहेको छ ।

\"\"