गरिमा विकास बैंकले गर्यो नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याजदर ? 

गरिमा विकास बैंकले गर्यो नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याजदर ? 


बैकिङ्ग समाचार ।

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले मुद्दति निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत र ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत व्याजदर कायम गरेको छ । 

यस्तै ९ महिनासम्मका लागि व्यक्तिगततर्फ प्रतिशत ८.५० प्रतिशत व्याजदर तोकिएको छ । यसैगरी बैंकले १ वर्षदेखि २ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.७५ प्रतिशत र संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर कायम गरेको छ ।

त्यस्तै २ वर्षदेखि ५ वर्षसम्मका लागि भने व्यक्तिगततर्फ ९.७५ प्रतिशत र संस्थागततर्फ ९.७५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले ५ वर्ष भन्दा माथिमा लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ पनि १० प्रतिशत नै व्याजदर तोकेको छ । बैंकको आधार दर भने ९.४८ प्रतिशत रहेको छ ।