प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर, कुनमा कति ? 

प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर, कुनमा कति ? 


बैकिङ्ग समाचार ।
प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकल सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ । 

यता बैंकले मुद्दति निक्षेपमा ३ महिना भन्दा माथिमा लागि संस्थागततर्फ ७ प्रतिशत र २ वर्ष भन्दा माथिमा लागि ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ । 

यसैगरी बैंकले ३ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत र १ वर्ष भन्दा माथिमा लागि ८.५० प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको आधार दर ८.२६ रहेको छ ।
\"\"