पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार, सेवा सुविधा मन्त्रीसरह 

पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार, सेवा सुविधा मन्त्रीसरह 


बैकिङ्ग समाचार ।
अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई सरकारले पुनः अर्को राजनीतिक नियुक्ति दिइएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्व अर्थमन्त्री डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्री वा सो सरको सुविधा दिने गरी उनलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा नियुक्ति गरिएको परराष्ट्र मन्त्री एवंम नव नियुक्त सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले २०७६  फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएर २१ फागुनमा  पुनः मन्त्रीमा नियुक्ति भएका थिए । उनी मन्त्रीबाट बाहिरिने क्रममा सरकारको कूनै भूमिकामा रहेर काम गर्ने बताउँदै आएका थिए ।

प्रधानमन्त्रीको विषेश आर्थिक सल्लाहकारको रूपमा खतिवडालाई नियुक्त गरिएको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले उनले मन्त्रिसरहको सुविधा पाउने बताए ।

तर, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रहेका पूर्वसचिव लाल शंकर घिमिरे‍को जिम्मेवारीमा भने कुनै हेरफेर गरिएको छैन ।