सिटिजन्स म्युचुअल फण्डको लाभांश घोषणा

सिटिजन्स म्युचुअल फण्डको लाभांश घोषणा


बैकिङ्ग समाचार ।
सिटिजन्स म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ। फण्डको नेपाल स्टक एक्स्चेन्जमा दुई म्युचुअल फन्डको प्रतिफल घोषणा गरिएको हो । सीबीआईएल क्यापिटलको सोमबार भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिटिजन्स म्युचुअल फन्ड-१ र सिटिजन्स म्युचुअल फन्ड-२ को प्रतिफल घोषणा गरेको हो । 

बैठकले सिटिजन्स म्युचुअल फण्ड-१ का इकाईधनीहरूलाई करसहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

त्यस्तै सिटिजन्स म्युचुअल फण्ड-२ का इकाईधनीहरूलाई करसहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

यी दुवै मुचुअल फन्डको प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोज गर्ने मिति भने पछि तोकिने भएको छ ।