सिटिजन्स बैंकको ‘स्क्यान एण्ड विथड्र’ सेवा सार्वजनिक, चेक विना खाताबाट पैसा झिक्न सकिने 

सिटिजन्स बैंकको ‘स्क्यान एण्ड विथड्र’ सेवा सार्वजनिक, चेक विना खाताबाट पैसा झिक्न सकिने 


बैकिङ्ग समाचार ।

सिटिजन्स बैंक लिमिटेडले ‘स्क्यान एण्ड विथड्र’ सेवा सार्वजनिक गरेको छ । बैंकले ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ उक्त सेवा सार्वजनिक गरेको हो ।

अब ग्राहकहरुले चेकको प्रयोग विना नै आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

बैंकले हाल यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट सुरु गरेको छ । त्यस्तै निकट भविष्यमा नै यस सेवालाई देशभरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृतले जनाएका छन् । 

नयाँ प्रविधिलाई आत्मसाथ गर्दै बैंकमा कार्यरत कर्मचारी र ग्राहकहरुको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान एण्ड विथड्र सेवा प्रयोगमा ल्याईएको बैंकले जनाएको छ । 

बैंकले देशभर १ सय १० वटा शाखा, १ सय ४ वटा शाखारहित बैंकिङ्ग सेवा र ९८ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै बैंकबाट हालसम्म करिब साढे ६ लाख ग्राहकहरुले सेवा लिइरहेका छन् ।