सामलिङ्ग पावर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग नियुक्त


काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गलाई नियुक्त गरेको छ।

कम्पनीले साधारण शेयर हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गलाई माघ २१ गते नियुक्त गरेको हो।

साथै, धितोपत्र व्यवसायी नियमावली २०६४ को दफा १७ उपदफा २ बमोजिम सामलिङ्ग पावर कम्पनी र नेपाल एसविआई मर्चेण्ट बैकिङ्गबीच सम्झौता समेत भएको छ।