ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा 

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा 


बैकिङ्ग समाचार । 
सार्वजनिक खरिद अनुगमनको कार्यालयले समयमै करार सम्पन्न गर्न नसकेको भन्दै तीन निर्माण व्यवसायीलाई कालोसूचीमा रहेको छ।

कार्यालयले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएर विवादित बनेको ओम्नी समूह(ओबिसीआइ)लाई कालोसूचीमा राखेको छ। ओम्नीले स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएर पनि समयमै सम्पन्न गर्न सकेको थिएन।

समयमै आपूर्ति गर्न नसकेपछि ठेक्का रद्द गरेको स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो।

विभागको सिफारिसअनुसार कार्यालयले १ वर्षका लागि कालोसूचीमा राखेको हो। यो अवधिमा ओम्नीले कुनै पनि टेन्डरमा सहभागी हुन पाउने छैन।

कार्यालयले अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखेको छ। त्यस्तै वीटी/ टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ।