क्यासवे मनि ट्रान्सफर र जेएससी एमएफआई इन्टेल एक्प्रेसबीच सम्झौता

क्यासवे मनि ट्रान्सफर र जेएससी एमएफआई इन्टेल एक्प्रेसबीच सम्झौता


बैकिङ्ग समाचार । 
 क्यासवे मनि ट्रान्सफर र जेएससी एमएफआई इन्टेल एक्प्रेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा क्यासवे मनि ट्रान्सफरको तर्फबाट क्यासवेका सिइओ शैलेन्द्र उपध्याय र इन्टेएक्प्रेसको तर्फबाट डेविड ताभार्टकिलाडेजले हस्ताक्षर गरेको हो । सम्झौतापछि यी देशमा रहेका नेपालीले मेहनतले कमाएको पैसा सजिलैसँगै नेपालमा रेमिट्यान्स पठाई लाभ लिन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीको अनुसार नेपालको कुनै एजेन्टमार्फत मिनेटमा नै अतिरिक्त सेवा लिन सक्नेछन् । त्यस्तै, नेपालका ५० भन्दा अधिक बैंक तथा वित्तिय संस्थामा तुरुन्तै पैसा जम्मा हुने कम्पनीले जनाएको छ ।

उक्त सम्झौता अनुसार साइप्रस, ग्रीस, बेलायत, इटली, जोर्जिया र युक्रेनमा काम गरिरहेका नेपालीहरूले सजिलै रेमिट्यान्स रकम नेपाल पठाउन सक्नेछन् ।