कृषि विकास बैंकले गर्यो ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह (सूचनासहित) 

कृषि विकास बैंकले गर्यो ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह (सूचनासहित) 


बैकिङ्ग समाचार । 
कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई यथाशिघ्र कर्जा चुक्ता गर्न निर्देशन दिएको छ ।

कोभिड १९ को कारण बन्दाबन्दीको समय भन्दा अगावै कर्जा चुक्ता नगरेका, भाखा नाघेका, धितो मञ्जुरी दिने ग्राहकहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरि चुक्ता गर्न बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

कर्जा नतिरेमा बैंकले आफु अनुकूल असुली गर्ने जनाएको छ ।

समयमा लिन बाँकी कर्जा रकम असुलीका लागि बैंकले नियमानुसार ग्राहक धितो मञ्जुरी दिने तथा जमानतदाताको फोटोसहित ३ पुस्ते नाम नामेसीको सूचना प्रकाशन, कालोसूचीमा नाम समावेश गर्ने, राहदानी रोक्का राख्ने, धितो लिलामी गर्ने लगायतका कारबाही गरिने कर्जा अनुगमन तथा असुली विभागले बताएको छ ।

\"\"