एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त


बैकिङ्ग समाचार । 

एनएमबि बैंकको सञ्चालकमा संस्थापक शेयरधनी सञ्चय कोषको तर्फबाट जीवन कुमार कट्वाल नियुक्त भएका छन् । 

कम्पनीको भदौ २६ गते बसेको ४०८ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार कट्वाललाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । 

यसअघि सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राजेन्द्र काफ्ले सेवा निवृत भएपछि उनको सट्टामा कट्वाललाई ल्याइएको हो ।

\"\"