अब सहकारी संस्थाले पनि बैंकबाट ऋण पाउने

अब सहकारी संस्थाले पनि बैंकबाट ऋण पाउने


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमाथिको संशोधन गर्दै सहकारी संस्थाले बैंकबाट ऋण लिन नसक्ने भन्ने व्यवस्था हटाइएको छ ।

अब सहकारी संस्थाहरुले पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने भएको छ ।

यस अघि सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने कानुनी व्यवस्था थिएन । अब भने सहकारी संस्थालाई सहज हुने भएको छ । सहकारी बैंकबाट मात्र ऋण लिन पाउने हुँदा ब्याजदर महंगो भएको गुनासो सहकारीकर्मीहरुको थियो ।