नयाँ नेपाल र सारथी लघुवित्तको एकिकृत कारोबार असोज ५ गतेदेखि

नयाँ नेपाल र सारथी लघुवित्तको एकिकृत कारोबार असोज ५ गतेदेखि


बैकिङ्ग समाचार । 
नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले असोज ५ गते सोमबारदेखि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार संचालन गर्ने भएका छन् ।

दुई संस्था १ बराबर १ शेयर स्वाप रेशियामा एक आपसमा गाभिएका हुन्। यी दुई संस्थालाई एकिकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो।

मर्जपश्चात ‘सारथी नेपाल लघुवित्तको चुक्तापूँजी २३ करोड ५८ लाख पुग्नेछ। मर्जर अघि नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ छ तथा सारथीको चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ थियो।

सारथी राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको संस्था हो । दुबै लघुवित्त बिच २०७६ माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो। मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने छ।

मर्जर प्रयोजनका लागि नेप्सेमा सूचीकृत काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको सारथी लघुवित्तले भने सर्वसाधारणलाई आईपीओ जारी गरेको छैन।