नेप्सेको अनलाइन प्रणालीमा समस्या, सरोकारवाहरुसँग छलफल गर्दै अर्थ मन्त्रालय

नेप्सेको अनलाइन प्रणालीमा समस्या, सरोकारवाहरुसँग छलफल गर्दै अर्थ मन्त्रालय


बैकिङ्ग समाचार।

नेप्सेको अनलाइन कारोबार व्यवस्थापन प्रणालीमा पटक-पटक समस्या आएपछि समस्या समाधानका लागि अर्थमन्त्रालयले चासो बढाएको छ । यस बिषयमा छलफल गर्न अर्थले सरोकारवाहरुलाई सोमबार मन्त्रालयमा डाकेको छ ।

अर्थमन्त्रालयले धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारीसँग टिएमएसमा देखिएको समस्याका विषयमा सोमबार छलफल गर्न लागेको अर्थमन्त्रालयले जनाएको छ । गत बिहीबार र आइतबार अनलाइन कारोबारमा समस्या उत्पन्न भएको थियो।

कारोबार प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ताहरुले सहज रुपमा कारोबार गर्न पाएका छैनन् ।

आइतवार पनि विहान ११ बजेर २५ मिनेटपछि बन्द भएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको थियो भने साँझ ५ बजेर १५ मिनेटसम्म बजार खुलेको थियो । त्यस्तै गत बिहीबार पन झण्डै २ घण्टा शेयर कारोबार अवरुद्ध भएको थियो ।

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा हरेक दिन फरक– फरक समस्या आइरहेको नेप्सेको भनाई छ । आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन अनलाईन कारोबार प्रणाली तयार गर्ने वाईको र नेप्सेको आईटी टिमले प्रयास गरिरहेको भएपनि दैनिक नयाँ नयाँ समस्या देखा पर्न थालेका छन् ।

आज हुने छलफलमा अर्थमन्त्रालयले तत्कालै समस्या समाधान गरेर कारोबार सहज बनाउन निर्देशन दिनेछ ।