अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने 

अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने 


बैकिङ्ग समाचार ।  
अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने भएको छ । बीमा समितिले भोलि भदौं २९ गते सोमवारदेखि लागू हुने गरी कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ ।

साथै नयाँ व्यवस्थामा कोरोना बीमाको दावी भुक्तानी लिन स्थानीय निकायको सिफारिस समेत पेश गर्नुपर्ने छ । अस्पताल भर्ना भएकाले डिस्चार्ज पेपर तथा घरैमा आईसोलेशनमा बसेकाले स्थानीय निकायबाट प्रमाणित गराई सो कागज पेश गर्नुपर्ने व्यवस्था गरिएको हो ।

 

\"\"

हेर्नुहोस् समितिले गरेका निर्णयहरुको सार

\"\"