सनराइज डेबिट तथा क्रेडिट कार्डको पिन अब कागजबिहीन

सनराइज डेबिट तथा क्रेडिट कार्डको पिन अब कागजबिहीन


बैकिङ्ग समाचार।
सनराइज बैंकले ग्रीनपिन सेवा सुरु गरेको छ।

बैंकले आफ्ना सबै डेबिट/क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रीनपिन सेवा सुरु गरेको हो।

यो सेवा सुरु भएसँगै बैंकबाट जारी हुने डेबिट/क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डमा 'कागजी पिन मेलर'को आवश्यकता नपर्ने भएको छ।

ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन पाइनेछ।

सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ। साथै, कागजी पिन मेलरमा भरपर्नु पर्दैन।

बैंककाअनुसार पिन कोड बिर्सिएर पुन पिन कोड माग्नुपर्ने अवस्थामा सन्राइज ग्राहकले बैंकका कुनै पनि शाखामार्फत निबेदन दिएपछि तत्कालै कागजबिहीन ग्रिनपिन सेवा पाउन सकिन्छ।