आर्थिक संकट खेपेको भारतीय ‘यस बैंक’ आरबीआईको फिर्ता, एसबीआईसँग मर्ज नहुने

आर्थिक संकट खेपेको भारतीय ‘यस बैंक’ आरबीआईको फिर्ता, एसबीआईसँग मर्ज नहुने


समस्याग्रस्त अवस्थामा रहेको 'यस बैंक' ले नियामक केन्द्रीय बैंकको पैसा फिर्ता गरिदिएको छ। यस बैंकले रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) को विशेष तरलता सुविधाअन्तर्गत यस बैंकलाई पैसा दिएको थियो।

यस बैंकले ५ खर्ब भारु भुक्तानी गरिदिएको हो। बैंकका अध्यक्ष सुनिल मेहताले सेयरधनीको वार्षिक बैठकमा आरबीआइको पैसा भुक्तानी गरिदिएको जानकारी दिएका हुन्।

गत मार्चदेखि यस बैंक समस्यामा थियो। आरबीआइले निश्चित रकमबाहेक ग्राहकलाई भुक्तानी नदिन भनेको थियो। आरबीआइले सुरुमा पैसा तीन महिनाका लागि दिएको थियो। पछि समय बढाएर सेप्टेम्बरसम्म पुर्‍याइदिएको थियो।

मार्चमा आरबीआइले पैसा दिएपछि बैंकमा सर्वसाधारणको भीड लाग्न कम भएको थियो। त्यसपछि बैंकले धमाधम ऋण उठाउन थालेको थियो।

मेहताले स्टेट बैंक अफ इण्डिया (एसबीआइ) सँग बिलयको सम्भावना नरहेको बताए। तीन वर्षका लागि बैंकको सेयरधनी संरचना परिवर्तन नहुने गरी फ्रिज गरिएको छ। 

भारतको चौथो सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक यसलाई आर्थिक संकटबाट निकाल्नका लागि एसबीआइले लगानी गर्नेगरी नीति सार्वजनिक गरिएको थियो। त्यसैलाई आधार बनाएर सेयरधनीले प्रश्न गरेका थिए।

भारतको सबैभन्दा ठूलो बैंक एसबीआइका अध्यक्ष रजनीश कुमारले यस बैंकलाई आरबीआइको पुनर्गठन गर्ने योजनामाथि एसबीआइको टिमले काम गरिरहेको र लगानी गर्ने बताएका थिए।