निषेधाज्ञाकै बीचमा बैंकहरुले गरे १९ अर्ब रुपैयाँ कर्जा लगानी

निषेधाज्ञाकै बीचमा बैंकहरुले गरे १९ अर्ब रुपैयाँ कर्जा लगानी


बैकिङ्ग समाचार ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । कुनै बेला तरलताको अभावले समस्यामा परेका बैंकहरु कर्जा लगानी नभएर तनावमाा परेका छन् । लामो समयको लकडाउनका कारण खेप्नु परेको आर्थिक मन्दीका कारण पनि बैंकहरुले यथास्थीतीमा काम गर्न नपाएको महसुस गर्ने गरेका छन् । तर, पछिल्लो ३ साता लामो निषेधाज्ञामा पनि कर्जा लगानी बढ्दै गएको तथ्याङमा देखिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले निषेधाज्ञाकै बीचमा १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ‘क’ वर्गका बैंकहरुको साउन मसान्तसम्म २८ अर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ । भदौं लागेपछिको १९ दिनमा भने कर्जा लगानी १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

संघले उपलब्ध गराएको तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा नै धेरै बढेको छ । १९ अर्ब कर्जा लगानी भएको अवधीमा निक्षेप भने १२ अर्ब रुपैयाँमात्रै जम्मा भएको संघले जनाएको छ ।

भदौ १ गते भन्दा अगाडि बैंकहरुमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । संघका अनुसार १९ दिनमा बढेर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।