बेलायत र जापानबीच व्यापार सम्झौता हुने

बेलायत र जापानबीच व्यापार सम्झौता हुने


बैकिङ्ग समाचार ।

अमेरिकाले चिनियाँ कम्पनीले उत्पादन गरेका अधिकांश एप्लिकेसनहरु बन्द गराउने भएको छ । यससँगै चर्चित मुद्दा बनेको टिकटकमाथिको प्रतिबन्ध पनि फुकुवा नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने पूर्वनिर्णयबाट पछि नहट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले  यही सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) देखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउने बताएका छन् । अब त्यो मिति पर नसारिने पनि उनले बताए । 
 
प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको छ । यो निकै बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उनी अमेरिकाको मिचिगन राज्यमा चुनावी प्रचारसम्बन्धी सभालाई सम्बोधन गर्नका लागि गएका थिए । सो ¥यालीमा जानु अगाडि उनले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेसनमा प्रतिबन्ध लगाउने निर्णयमा अब पुनर्विचार नहुने सञ्चारकर्मीहरुसँग बताएका हुन् । 
 
अमेरिकी सरकारले प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने भन्दै राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी गरिएको बताएको छ । यसअघि भारतले पनि टिकटकसहित करिब ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाइसकेको छ ।
 
रासस