एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री


बैकिङ्ग समाचार । 
नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ५ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । 

ईच्छुक आवेदकले लिलामी शेयरमा कात्तिक ६ गतेसम्म आवेदन गर्न सक्नेछन् । विद्यमान संस्थापकहरुलाई प्रथामिकतामा दिई लिलामीको सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीलाई छुट्टै सूचना प्रकाशित नगरेको कम्पनीले उल्लेख गरेको छ । 

शेयरको न्यूनतम  मूल्य प्रतिकित्ता रू ११० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बालकबोल गर्नु पर्नेछ । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । 

साथै बोलपत्रवालले आफूले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम एनआईबिएल एस क्यापिटलको नाममा कुमारी बैंक पुतलीसडकमा रहेको ००१००१७४५१९००००१ खाता नम्बरमा नगद जम्मा गरी सो को सक्कल भौचर संलग्न गरी वा कनेक्ट आईपीएसबाट उक्त खातामा नगद जम्मा गरी सोको निस्सा संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

सबैभन्दा पहिला विद्यमान संस्थापक शेयरधनीलाई प्रथामिकता दिई बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गर्ने कम्पनीले उल्लेख गरेको छ । आवेदन बुझाउने स्थान एनआईबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ ।