नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा असोज १६ गते, शतप्रतिशत हकप्रद दिने

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा असोज १६ गते, शतप्रतिशत हकप्रद दिने


बैकिङ्ग समाचार । 
नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले आगामी १८औं वार्षिक साधारण सभामा १ः१ अनुपात अर्थात शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

बैंकको चुक्ता पुँजी अहिले ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त सूचिबाट हटेपछि हुन लागेको साधारणसभामा बैंकले लगानीकर्तालाई शतप्रतिशत हकप्रद दिने प्रस्ताव लैजान लागेको हो ।

असोज १६ गते स्टार ब्याङक्वेट रन्तनगर, चितवनमा हुन लागेको १८औं साधारणसभामा अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने, प्राप्ति÷समाहित हुने प्रस्ताव लैजाँदै छ । त्यसको जिम्मेवारीसञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजाने बैंकले जनाएको छ ।

असोज १६ गते साधारणसभा गर्ने भएपछि असोज ८ गतेदेखि १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने जनाएको छ ।

बैंकको साधारण सभाले हकप्रदको प्रस्ताव पारित गरेपछि लगानीकर्ताले हकप्रदमा आवेदन दिन पाउने छन् ।