सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग


बैकिङ्ग समाचार,पोखरा ।  
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई ३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो । 

उक्त सहयोगले भेरी अञ्चल अस्पताललाई कोभिडका लक्षण देखिएका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट बैंकको नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खडकाले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई उक्त अस्पतालको उद्घाटन कार्यक्रमकाबीच चेक हस्तान्तरण गरेका हुन् । 

सोही उदघाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल रभेरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिती पनि रहेको थियो ।