काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ ? के पाइँदैन ?


बैकिङ्ग समाचार । 
सरकारले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । यसअघि भदौ १४ गते बुधबार राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरिएको हो ।

निषेधाज्ञा कायमै रहे पनि बिहीबारदेखि १६ सिट क्षमताभन्दा बढी भएका सर्वाजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ ।

यस्तै सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागू गरिएको छ । तर मालबाहक ढुवानीका सवारी साधनहरुको हकमा भने जोर बिजोर प्रणाली लागू हुने छैन । 

अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसल पनि खुल्नेछन्। तर, सोमबार, बुधबार र शनिबार तीन दिन मात्र समय दिइएको छ। सपिङ मलहरूलाई पनि सोही नियम लागू गरिएको छ। 

फर्निचर र अटो मोबाइल सम्बन्धि पसल सातामा सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ भने वर्कसपहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

यस्तो छ जारी सूचना