बैंक तथा वित्तीय संस्थाले महिनामा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने

बैंक तथा वित्तीय संस्थाले महिनामा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने


बैकिङ्ग समाचार ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर परिवर्तनको सूचना अघिल्लो महिना नै प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकद्वारा जारी निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर मासिकरुपमा मात्र परिवर्तन गर्न सक्नेछन् ।

आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदर सम्बन्धी सुचना नेपाली महिना शुरु हुनुपूर्व नै प्रकाशित गरिसक्नुपर्ने छ ।

यसैगरी, कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियमदर तय गरी मासिकरुपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।

आगामी महिनाका लागि कर्जा तथा सापटमा लागू हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना शुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने छ ।

ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षक अनुसार आधार दरमा थप गरिने प्रिमियमदर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । प्रकाशित प्रिमियम दर परिवर्तन गर्दा अर्धवार्षिक रुपमा परिवर्तन गर्न सकिनेछ । तर, प्रिमियम दर घटाउनुपर्ने भएमा अर्धवार्षिक भन्दा कम समयावधिमा पनि प्रकाशित प्रिमियम दर परिवर्तन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।