लकडाउन अवधिभरको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने व्यवसायीहरूको माग

लकडाउन अवधिभरको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने व्यवसायीहरूको माग


बैकिङ्ग समाचार ।
लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

महासंघले कोरोना भाइरस महामारी रोकथाम तथा निययन्त्रणको लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाले व्यवसायी धारासायी बन्दै गएको अवस्थामा ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग गरेको हो ।

त्यस्तै, लकडाउन र निषेधाज्ञा अवधिभरको व्यवसायीक घरभाडा मिनाहा गर्नुपर्ने संघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । यसका साथै, कोरोनाबाट प्रभावित उद्योगी–व्यापार बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

\"\"