राष्ट्र बैंकद्धारा ब्याजदर करिडोरमा परिवर्तन, के–के छन् नयाँ व्यवस्था ? (परिवर्तित विवरण सहित )

राष्ट्र बैंकद्धारा ब्याजदर करिडोरमा परिवर्तन, के–के छन् नयाँ व्यवस्था ? (परिवर्तित विवरण सहित )


बैकिङ्ग समाचार।
नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तरगतको रिपो दर ३.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ । नयाँ व्यबस्था अनुसार ब्याजदर करिडोरअन्तर्गत रिपो दर नीतिगत दरको रूपमा ३.० प्रतिशत, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १ प्रतिशत कायम गरिएको छ । 

राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि, २०७३ अनुसारका प्रक्रियाहरू अवलम्बन गरिने जनाएको छ ।

संशोधित कार्यविधिमा नीतिगत दरको रुपमा रहेको रिपो दर घटाएर ३ प्रतिशत कायम गरेको छ । 

राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा १ साता अवधिको निक्षेप संकलनको दर १ प्रतिशतमा कायम गरिएको छ । जुन यसअघि २ प्रतिशत रहेको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर ५ प्रतिशत रहेको छ । गत चैतमा ५.५ प्रतिशतलाई ५ प्रतिशतमा झारेको थियो । जुन घटेको छैन ।

राष्ट्र बैैंकले मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिने जनाएको छ ।

ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरण ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अघिल्लो दिनको आफ्नो स्वदेशी निक्षेप दायित्वको ०.२५ प्रतिशतसम्म हप्तामा एकपटक रिपो सुविधा बार्षिक ३ प्रतिशत ब्याजदरमा उपयोग गर्न पाउने भएका छन् ।

यो सुविधाका लागि निवेदन दिँदा निवेदन दिनुभन्दा अघिल्लो दिन वा सो दिन विदा भएमा सो भन्दा अघिल्लो दिनको उपलब्ध अन्तर बैंक ब्याजदर (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको भारित औसत अन्तर बैंकदर) ३.० प्रतिशतभन्दा माथि रहेको हुनुपर्ने छ ।