नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार कित्ता सेयर सूचीकृत


बैकिङ्ग समाचार।

नेप्सेमा दुई वटा कम्पनीको ७७ लाख ८३ हजार ४८५.१९ कित्ता सेयर सूचीकृत भएको छ । जसमा शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर रहेको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५% बोनस सेयर वितरण गरेको थियो ।

सोही सेयर सूचीकृत भएको छ । यस्तै, प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले असार ७ गतेबाट साउन १९ गतेसम्म ६०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद अहिले सूचीकरण गरिएको हो ।