बैकिङ्ग समाचार ।
नेपाली बजारमा भदौ २२ गते सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भएको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम गरिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० कायम रहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया