कोरोना संक्रमित धेरै हुनेमा भारत विश्वमै दोस्रो स्थानमा

कोरोना संक्रमित धेरै हुनेमा भारत विश्वमै दोस्रो स्थानमा


एजेन्सी, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७२ लाख ९२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ८७ हजार ५५४ पुगेको छ । हालसम्म १ करोड ९३ लाख ७७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ६० हजार २५० पुगेको छ । यहाँ हालसम्म १ लाख ९३ हजार २५० हजार जनाको मृत्यु भएको छ । 

यता, भारत कोरोना भाइरस संक्रमित धेरै भएको देशमा दोस्रो स्थानमा आइपुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ९१ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । भारतमा हालसम्म ४२ लाख ४ हजार ६१३ संक्रमित हुँदा ७१ हजार ६८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४१ लाख ३७ हजार ६०६ जना संक्रमित हुँदा १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ । रुसमा १० लाख २५ हजार ५०५ संक्रमित हुँदा १७ हजार ८२० जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ८९ हजार ९७७ जना संक्रमित हुँदा २९ हजार ८३८ जनाको मृत्यु भएको छ । 

कोलम्बियामा ६ लाख ६६ हजार ५२१ संक्रमित हुँदा २१ हजार ४१२ जनाको मृत्य भएको छ । साउथ अफ्रिकामा ६ लाख ३८ हजार ५१७ जना संक्रमित हुँदा १४ हजार ८८९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ३४ हजार २३ जना संक्रमित हुँदा ६७ हजार ५६८ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ५ लाख १७ हजार १३३ पुगेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४ लाख ७८ हजार ७९२ संक्रमित हुँदा ९ हजार ८५९ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख २२ हजार ५१० जना संक्रमित हुँदा ११ हजार ५९२ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ८६ हजार ६५८ जना संक्रमित हँदा २२ हजार २९३ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ५५१ जनाको मृत्यु भएको छ भने ३ लाख ४७ हजार १५२ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख २५ हजार १५७ संक्रमित हुँदा ४ हजार ४७९ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख २० हजार ६८८ हजार संक्रमित हुँदा ४ हजार ८१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ३ लाख २४ हजार ७७७ संक्रमित हुँदा ३० हजार ७२४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९८ हजार ९०३ संक्रमित हुँदा ६ हजार ३४५ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार १३४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ७१ हजार ४१९ जना संक्रमित हुँदा १ हजार ३५७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४६ हजार २५७ जना संक्रमति फेला पर्दा २८ हजार ९४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २८९ जनाको भने मृत्यु भएको छ ।