कोरोना बीमा मापदण्ड २०७७ संशोधन प्रक्रिया अगाडि बढ्यो, ४ सदस्यीय कार्यदल गठन

कोरोना बीमा मापदण्ड २०७७ संशोधन प्रक्रिया अगाडि बढ्यो, ४ सदस्यीय कार्यदल गठन


बैकिङ्ग समाचार । 
 बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ सच्याउने प्रक्रिया अघि बढाएको छ ।  बीमा समितिले अर्थमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकाय अन्तर्गतका उद्योग बाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रुपमा छलफलपछि कोरोना बीमा मापदण्ड २०७७ मा देखिएको अप्ठेरो फुकाउने निर्णय गरेको छ । सो छलफलको निष्कर्ष बमोजिम कोरोना बीमा मापदण्ड २०७७ संशोधनको लागि चार सदस्यीय कार्यदल गठन गरिएको बीमा समितिले जनाएको छ । 

आजै सर्वपक्षिय फलपछि कोरोना बीमा मापदण्ड २०७७ आवश्यक संशोधनको लागि समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलमा अर्थमन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र नेपाल बीमक संघका प्रतिनिधि समावेश छन् । कार्यदलले दिएको सुझावको आधारमा  कोरोना बीमा मापदण्ड २०७७ संशोधन हुनेछ ।

त्यस्तै, बीमा समितिले यसअघि दावी भुक्तानीका लागि आएका दावीहरु ७ दिनभित्र भुक्तानी गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ । दुवै कार्यदलको संयोजकमा कार्यकारी निर्देशक पौडेल आफै छन् ।

\"\"