अर्थमन्त्री बाहिरिएपछि एकैदिन नेप्सेमा ५२ अंकको गिरावट, २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार

अर्थमन्त्री बाहिरिएपछि एकैदिन नेप्सेमा ५२ अंकको गिरावट, २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार


बैकिङ्ग समाचार ।
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि शेयर बजार बढ्ने, रहेमा घट्ने आम लगानीकर्ताको मनोभावको विपरित आइतबार शेयर बजारमा एकैदिन ५२.४६ अंकको उतार चढाव आएको छ।
साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १० दशमलव ४५ अंक घटेर १ हजार ४९९ दशमलव ९७ विन्दुमा झरेको छ । 

यो दिन शून्य दशमलव ६९ प्रतिशत बजार ओरालो लागेको हो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५४ अंक घटेर ३०२ दशमलव १९ विन्दुमा झरेको छ ।

गत साताको कारोबारमा निरन्तर बढेको बजार अन्तिम कारोबार दिन घटेर बन्द भएको थियो । 

ऋणात्मक बजारमा पनि पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको छ । यसदिन उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी विद्युत कम्पनी, र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको हो ।

नेपाल हाइड्रो डेभलोपर, अरुण काबेली पावर, रिडी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत धेरैले बढ्दा नाडेप लघुवित्तको पनि ४.४६ प्रतिशतले बढोत्तरी भएको छ ।