तीन लघुवित्तले सोमवारदेखि एकीकृत कारोबार शुरु गर्दै

तीन लघुवित्तले सोमवारदेखि एकीकृत कारोबार शुरु गर्दै


बैकिङ्ग समाचार ।
तीन ओटा लघुवित्त कम्पनी एक भएर भदौ २२ गते सोमवारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । एकीकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ ।

तीन ओटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टा–छुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै ती कम्पनीहरुले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।