साताको नेप्से: १५ सय १० अंकमा, १० अर्ब ४३ करोडको सेयर किनबेच

साताको नेप्से: १५ सय १० अंकमा, १० अर्ब ४३ करोडको सेयर किनबेच


बैकिङ्ग समाचार ।

यो साता नेप्से १५ सय १० दसमलव ४२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय चार दसमलव ७३ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता एक सय ८६ कम्पनीहरुको एक लाख ५८ हजार छ सय ५६ वटा कारोवारमा तीन करोड चार लाख ३७ हजार नौ सय ९८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १० अर्ब ४३ करोड ९९ लाख ६३ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार कारोवार रकम गत साताको तुलनामा बढी हो । गत साता भने नेप्सेमा एक सय ७९ कम्पनीहरुको एक लाख ३१ हजार दुई सय ५१ वटा कारोवारमा दुई करोड २२ लाख १३ हजार एक सय ४५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ७४ करोड तीन लाख ६० हजार नौ सय ६२ रुपैयाँ पुगेको थियो ।

नेप्सेको नियमित कारोवार कक्ष यो साता चार दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौथो दिन नेप्से बढेको थियो भने पाँचौं दिन घटेको थियो । चौथो दिन भने नेप्से बन्द रहेको थियो । सो मध्ये पहिलो दिन नेप्से चार दसमलव ६४ अंकले बढेर १४ सय ६२ दसमलव ६७ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव आठ अंकले घटेर दुई सय ९६ दसमलव २९ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से २२ दसमलव ३१ अंकले बढेर १४ सय ८४ दसमलव ९९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दसमलव पाँच अंकले बढेर दुई सय ९८ दसमलव ३५ अंकमा पुगेको थियो ।

तेस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । चौथो दिन नेप्से २५ दसमलव ५८ अंकले बढेर १५ सय १० दसमलव ५७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि छ दसमलव २५ अंकले बढेर तीन सय चार दसमलव ६० अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन भने नेप्से शुन्य दसमलव १५ अंकले घटेर १५ सय १० दसमलव ४२ अंकमा पुगेकोमा सेन्सिटिभ भने शुन्य दसमलव १४ अंकले बढेर तीन सय चार दसमलव ७३ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, एनआईसी एशिया बैंक, एनएमबी बैंक आदि परेकाछन् । कारोवार भएको सेयर संख्याको आधारमा भने यो साता नेपाल बैंक, एनएमबी बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने यो  साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।