अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री खतिवडाले दिए राजीनामा


बैकिङ्ग समाचार ।  
सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ  प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।

राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।  नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । 

तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत: सकिदै छ। प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन्।

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्‍त्री ओली

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन्। 

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै यस्तो बताएका हुन्।   एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिनसमेत निर्देशन दिएका छन्। 

‘आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा निर्देशन दिँदै भने, ‘मन्त्री फेरिने विषयमा भन्दा पनि आफ्नो मन्त्रालयको कामको तनाव लिनुहोस्। रिक्त मन्त्रालयमा नयाँ मन्त्री आउनुहुन्छ तर मन्त्रिपरिषद् पुनर्गठन हुँदैन।’