माछापुच्छ्रे बैंकद्धारा सेयरधनीहरुलाई लाभांश लिन अनुरोध

माछापुच्छ्रे बैंकद्धारा सेयरधनीहरुलाई लाभांश लिन अनुरोध


बैकिङ्ग समाचार  । 

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित गरिएको लाभांश लिन अनुरोध गरेको हो । बैंकले लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई मात्र लाभांश लिन अनुरोध गरेको छ । 

बैंकले १९औं साधारण सभाको ६ प्रतिशत, २०औं साधारण सभाको १० प्रतिशत र २१औं साधारण सभाको ११ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकले नगद लाभांश लिनको लागि डिम्याट खाता नखोलेका सेयरधनीहरुलाई डिम्याट खाता खोल्न अनुरोध गरेको छ ।

डिम्याट खाता नजिकको यस बैंकको शाखाबाट पनि खोल्न सकिनेछ । त्यस्तै, यस सम्बन्धमा थप जानकारीको लागि यस बैंकको पुतलीसडकस्थित सेयर विभागमा सम्पर्क गर्नसमेत बैंकले भनेको छ ।

\"\"