एनएमबि बैंकको सञ्चालकमा कटुवाल

एनएमबि बैंकको सञ्चालकमा कटुवाल


बैकिङ्ग समाचार  । 

एनएमबि बैकको संस्थापक शेयरधनीमा जीवन कुमार कट्वाल मनोनयन भएका छन् ।

भदौ ७ गतेको कोषको पत्रमार्फत कर्मचारी सञ्चय कोषको तर्फबाट कटुवाललाई बैंकको सञ्चालकमा मनोनयन गरेको हो ।

कोष तर्फबाट यसअघि राजेन्द्र काफ्ले बैंकको सञ्चालक थिए । काफ्ले भदौ ५ गतेदेखि सेवा निवृत भएकाले उक्त पदमा कट्वाल मनोनयन भएका हुन् ।