सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुचारु

सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुचारु


बैकिङ्ग समाचार  ।  
सिद्धार्थ बैंकले भाद्र १५ गते देखि ग्रीनपिन सेवा सुचारु गरेकोे छ । बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्रीबनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेको बैंकले जनाएको छ ।

यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्तगरी कार्डको पिन निर्धारण गर्न सक्ने बैंकले जनाएको छ । 

ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्घार्थ बैंकको कुनै पनि एीटम वा नेप्स सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नुहुनेछ । यसरीे पिननिर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीनपिन आउने छ । प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सकिने बैंकले जनाएको छ ।

पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रियहुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पोओस। मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथ साथै अन्य बैंकका एटिएमहरुमा पनि बिनाकुनै अतिरिक्त शुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस सुविधाले ग्राहक महानुभावहरुलाई सहज सेवा उपलब्ध हुने, कार्डवितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भए पनि कागजको प्रयोग कमगरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।