पिलुवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकसहित ३ बैंकको लगानी

पिलुवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकसहित ३ बैंकको लगानी


बैकिङ्ग समाचार । 
रिभर फल्स् पावर कम्पनीद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिल ुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहभागी सहवित्तियकरण मार्पmत लगानी जुटाइएको छ ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्ने छन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड लगानी हुनेछ भने ३० प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने बताइएको छ । 

कम्पनीले यस आयोजना साढे  २ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाउनु भयो र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे । 

कम्पनीको तर्पmबाट कार्यकारी निर्देशक श्री सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराउनु भयो र परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।