कोरोना कहरबीच शेयर कारोबारमा उछाल, असार १५ पछिकै सर्वाधिक कारोबार

कोरोना कहरबीच शेयर कारोबारमा उछाल, असार १५ पछिकै सर्वाधिक कारोबार


बैकिङ्ग समाचार  । 

कोरोनाले अर्थतन्त्रमा नकारात्मक असर परिरहेकै बेला सेयर बजारले भने उकालो गति समाइरहेको छ। 

सेयर बजारको परिसूचक नेप्से सोमबार २२ अंकले बढेरसोमवार  असार १५ पछिकै सर्वाधिक रकमको कारोबार भएको छ । 

आइतवारनै प्राविधिक समस्या समाधान गरेको नेप्सेले सोमवार भने कुनै समस्या नभएको बताएको छ । आइतवार तीन घण्टा मात्रै कारोबार गर्न पाएका लगानीकर्ताहरु सोमवार भने उत्साहित भएको देखिएको छ ।

यस दिन १८९ ओटा कम्पनीको ४० हजार २०६ पटकको व्यापारमा रू. ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको छ । यस अघि असारपछि साउन ५ गते रू. २ अर्ब ८० करोड २२ लाख ३३ हजारको कारोबार भएको थियो ।

सोमवार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमानै रहेको छ । उक्त कम्पनीको रू. २८ करोड ७१ लाख ४३ हजार बराबरको कारोबार भएको हो । सोमवार उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. ८४७ कायम भएको छ ।

यस दिन नेप्से परिसूचक पनि २२ दशमलव ३१ अंकले बढेर १ हजार ४८४ दशमलव ९९ विन्दुमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव शून्य ५ अंक बढेर २९८ दशमलव ३५ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये होटल समूहको बाहेक सबै समूहको परिसूचक यस दिन बढेको छ ।

होटल समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत घटेको हो भने बैंकिङ समूहको शून्य दशमलव ४१ प्रतिशत, व्यापारिक समूहको २ दशमलव शून्य ६ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको ३ दशमलव ४३ प्रतिशत, वित्तको शून्य दशमलव १७ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव शून्य ४ प्रतिशत, अन्यको ४ दशमलव १२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३५ प्रतिशत, जीवन बीमाको २ दशमलव ८८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७४ प्रतिशत परिसूचक बढेको हो ।