सनराइज बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ?

सनराइज बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ?


बैकिङ्ग समाचार  । 
सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले १६ प्रकारको बचत खाताको व्याजदर प्रकाशित गरेको हो । उक्त व्याजदर बैंकले सोमबार (भाद्र १५ गते) देखि लागू हुने गरी नयाँ व्याजदर प्रकाशित गरेको हो । 

बैंकले प्रकाशित गरेको बचत खातामध्ये १० प्रकारको बचत खातामा २.५० प्रतिशत, ५ प्रकारको बचत खातामा ४ प्रतिशत र १ प्रकारको बचत खातामा ४.५० प्रतिशत व्याजदर तोकेको छ ।

बैंकले प्रकाशित गरेको नयाँ व्याजदरमा न्युनतम २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत व्याज कायम गरेको छ । यता बैंकले मुद्दती खातामा ६.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले २६ प्रकारको कर्जाको व्याजदर पनि प्रकाशित गरेको छ ।

\"\"