बैंक अफ काठमाण्डूको ३ लाख १६ हजार १ सय ५६ कित्ता लिलामी सेयर स्थगित

बैंक अफ काठमाण्डूको ३ लाख १६ हजार १ सय ५६ कित्ता लिलामी सेयर स्थगित


बैकिङ्ग समाचार ।
 बैंक अफ काठमाण्डू लिमिटेडको लिलामी सेयर स्थगित भएको छ । बैंकको भाद्र १ गते सोमबारदेखि लिलामी मार्फत बिक्री खुल्ला भएको संस्थापक समूहको सेयर स्थगित भएको हो । सुरूमा भाद्र ८ गतेसम्म आवेदन दिन पाइने भनिएको लिलामी सेयर निषेधाज्ञाका कारण भाद्र १५ गतेसम्म पुर्याइएको थियो । 

फेरि पनि भाद्र १५ गतेसम्म निषेधाज्ञा नै भएको कारणले हालका लागि लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयर स्थगित गरिएको बैंकले एक सूचनामार्फत जानकारी दिएको छ । 

यस्तै, स्थिती सामान्य भएपछि सार्वजनिक सूचना प्रकाशन गरि बोलपत्र खरिद तथा दाखिला गर्न थप समय राखी पुन सूचारू गरिने पनि बैंकले जनाएको छ ।

बैंकले ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक सेयर विक्री खुल्ला गरेको हो । प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको उक्त सेयरको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

\"\"