लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, १० कित्ता सबैलाई, कसले कति पाए ?

लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, १० कित्ता सबैलाई, कसले कति पाए ?


बैकिङ्ग समाचार ।

 लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् ।

लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार योग्य १ लाख ८८ हजार ३७३ आवेदकले शेयर पाएका छन् । ३० कित्तासम्म माग गर्ने आवेदकलाई मागेजति र ४० वा सो भन्दा धेरै कित्ता माग गर्ने आवेदकलाई गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता शेयर पाएका छन् ।

क्यापिटलका अनुसार लिवर्टीको शेयर ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् । त्यसैगरी ४५ हजार ४८ आवेदकले २० कित्ता शेयर र ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएका छन् । ४० वा सो भन्दा धेरै शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्ध भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन परेको छैन । उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ । सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई बितरण गरिएको हो ।

यसअघि स्थानीयलाई निष्काशन गर्दा बिक्री हुन नसकेको १३ लाख बढी कित्ता शेयर समेत सर्वसाधारणमा निष्काशन गरि बाँडफाँडको गरिएको हो ।