ईन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात

ईन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात


बैकिङ्ग समाचार ।

 ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ ईन्द्रजात्रा क्यूआर कोडको यात्रा योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्टालेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावयिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नुहुनेछ जसका लागि गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन् ।

यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि  मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ ।

यसरी सहभागी हुनुभएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० को मोबाइल टपअप प्राप्त गर्नुहुनेछ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।