कोरोना संक्रमणबाट बैंकका कर्मचारीको मृत्यु

कोरोना संक्रमणबाट बैंकका कर्मचारीको मृत्यु


बैकिङ्ग समाचार पोखरा।

पोखरामा कोरोना संक्रमणबाट  बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षा गार्डको मृत्यु भएको हो । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् । 

उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको बतायएको छ । पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव दुईसय बढी बेंकवित्तमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । 

काठमाडौंमै नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । 

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय दुइदर्जन बैंकवित्तमा गरी थप ३७ जनामा कोरोना देखिएको छ ।

यसअघि भिभिन्न बैंकवित्तमा गरी करिव २ सयजनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय सुदुरपश्चिमका विभिन्न बेंकका शाखामा गरी १६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका विभिन्न शाखामा पनि कोरोना देखिएको छ । न्यूरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटका बैंकिङ शाखा र मुख्य कार्यालयमा कोरोना संक्रमण देखिएको छ । केही बैंकको एउटै शाखामा धेरै जनामा कोरोना देखिएको छ । इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका धेरै कर्मचारीमा कोरोना देखिएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाँस बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलीएको छ । 

काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका छन् । केहीदिन अगाडि नेपालगञ्ज, बीरगञ्ज, बीराटनगर, धनगढी, धादीङ, भैरहवा, हेटौडा, लाहान सहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । हाल केहीदिन यता काठमाडौं उपत्यका भित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरु र मुख्य कार्यालयमै कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्रमा सन्त्रास बढेको छ ।